मनोरञ्जन चर्चित गीतका सर्जक, जसले गीत लेखेर एक रूपैयाँ कमाएनन् - चिरञ्जिबी घिमिरे


चैत २५, २०७३ हरेक स्रष्टाको चाहना हुन्छ, आफ्नो सिर्जनाबाट चर्चित बनूँ, लोकप्रिय होऊँ, इतिहास बनाऊँ आदि। यसकै लागि स्रष्टा समर्पित बन्छ सिर्जनामा। तर पछिल्लो समय नेपाली साहित्य, कला, संगीत पनि व्यावसायिक बन्दै गएपछि भने स्रष्टाले पनि जीवन गुजाराको माध्यम कला र सिर्जनालाई बनाउन चाहेको छ।
यद्यपि, कला, साहित्य अझै पूर्ण व्यावसायिक बनिसकेका पाइन्न। संगीत भने धेरै हदसम्म व्यावसायिकताको चरणमा पुगिसकेको आभास हुन्छ। केही वर्षअघिसम्म कला, साहित्य र संगीत भनेको समयको बर्बादी र आर्थिक नोक्सानीको बाटोका रूपमा लिइने गरिन्थ्यो समाजमा।


 विशुद्ध साहित्य र संगीतका भरमा कसैले पनि जीवन चलाउन सक्दैनथ्यो। त्यही समयका गीतकारहरू आज पनि छन् हामीकहाँ। अझ चर्चित र लोकप्रिय गीत सिर्जना गरेर पनि एक पैसा पनि हात नपारेका स्रष्टा पनि छन्। उनले २०३२ सालताका लेखको गीत ‘भन्थिन् मेरी उनी, मेरो पाइला नटेकिदिनु’ उनले लेखेकामध्येकै चर्चित गीत बन्न पुग्यो। यो गीत दीप श्रेष्ठले गाएको मध्येकै चर्चित बन्न पुग्यो। त्यसताका रेडियो नेपालमा अत्यधिक बजेको गीत पनि बन्न पुग्यो यो। झापा बिर्तामोडका स्रष्टा शिवशंकर थापा यस्ता स्रष्टा हुन्, जसले वर्षौंसम्म नमर्ने कालजयी सिर्जना हामीलाई दिए, तर त्यसवापत उनले पैसा त फुटेको कौडी पनि देखेनन् भने आफूसमेत कताकता हराएको महसुस भइराखेको छ उनलाई। स्थापित हुन मोफसलबाट काठमाडौँ जानुपर्छ भन्ने सोचाइबाट टाढा रहेका गीतकार हुन्, थापा। उमेरले सात दशक नाघिसकेका थापा अहिले पनि गीत, कविता रचना गर्दै दिन बिताइरहेका छन्। वृद्ध अवस्थाको कष्टकर दैनिकीलाई पनि उनले गीत रचनाबाटै सहज बनाइरहेका छन्। कुनै समय सशक्त गीतकारको परिचय बनाउन सफल थापाका गीतहरू दीप श्रेष्ठ, पवन गोले जस्ता तत्कालीन समयमा चलेका गायकहरूले गाएका थिए। उनका गीतका शब्दहरूमा जो कसैले आफ्ना जीवन भेट्छन्।



उनले रचना गरेका सबै शब्द गायकले गाउनुपर्छ भन्ने मान्यता कहिले राख्दैनन्। उनी भन्छन्, ‘गीत आत्मसन्तुष्टिका लागि लेखिन्छ, सबै गीत रेकर्ड हुनुपर्छ भन्ने छैन।’ उनले लेखेका गीतमध्ये २०२९ सालमा दीप श्रेष्ठले गाएको ‘विधवालाई सिन्दूरको रहर, आँखामा टाँसेर बाँचेकी हुन्छे’ बोलको गीत त्यस बेला रेडियो नेपालमा गायनतर्फ उत्कृष्ट बनेको थियो। यस्तै उनले २०२९ सालमा सुखानीका शहीदको संझनामा ‘हावासँग बगूँ भन्छ’ बोलको गीत तयार पारेका थिए, जुन गीत पनि चर्चित बन्न पुग्यो। उनले २०३२ सालताका लेखको गीत ‘भन्थिन् मेरी उनी, मेरो पाइला नटेकिदिनु’ उनले लेखेकामध्येकै चर्चित गीत बन्न पुग्यो। यो गीत दीप श्रेष्ठले गाएको मध्येकै चर्चित बन्न पुग्यो। त्यसताका रेडियो नेपालमा अत्यधिक बजेको गीत पनि बन्न पुग्यो यो। उनले रचना गरेका अन्य गीतहरू पनि त्यतिकै चर्चित छन्।


 उमेरले ७० नाघे पनि अझै पनि उनी सार्वजनिक कार्यक्रममा दैनिकजसो सहभागी हुने गरेका छन्। शारीरिक रूपले साथ नदिए पनि मानसिक रूपमा आफू युवा अवस्थाकै बेलाको जस्तो भएको बताउँछन् उनी। उनको बुझाइमा गीत भनेको जीवनको सारांश हो। उनी भन्छन्, ‘संगीत भनेको सिंगो जीवनको सारांश हो, यहाँ जीवन भोगाइका क्रममा भएका अनुभवहरूलाई समावेश गरिएको हुन्छ।’ आफू कहिले पनि कल्पना गरेर गीत नलेख्ने उनी बताउँछन्।


‘म कहिले पनि कल्पना गरेर गीत रचना गर्दिनँ, मेरो गीतमा सबै यथार्थ छ’, भन्छन्, ‘मेरो गीत थोरै हुनुको कारण पनि यही हो।’ पछिल्लो समय गीत–संगीतमा विकृति आएको उनी बताउँछन्। ‘अहिले गीत–संगीत बुझ्नै नसकिने छ’, भन्छन्, ‘गीतमा त माटोको सुगन्ध हुनुपर्छ, हामीले भोगेका भोगाइहरू हुनुपर्छ।’ पछिल्लो समय गीत–संगीतमा पश्चिमा संस्कृतिले असर पारेको उनको बुझाइ छ। उनी भन्छन्, ‘नेपाली गीत–संगीतमा पनि पश्चिमा देशहरूको प्रभाव परेको छ, युवापुस्ताले हाम्रा मौलिक गीत–संगीत बिर्संदै गएका छन्।’ उनको संगीत जीवन अरूको भन्दा ज्यादै फरक छ। सबै गीतकार पैसाका लागि गीत लेख्छन्। तर उनले कहिल्यै पैसाका लागि गीत सिर्जना गरेनन्। उनले शब्द भरेका नौवटा गीत छन्। ती गीतबाट उनले एक रूपैयाँ पनि लिएका छैनन्। उनी भन्छन्, ‘मैले कहिले पनि पैसाका लगि रचना गरिनँ’, थापा भन्छन्, ‘मैले रचना गरेको गीतबाट कहिले एक रूपैयाँ पैसा लिइनँ। म जहिले पनि आत्मसन्तुष्टिका लागि गीत लेख्छु र यहाँबाट पैसा कमाउने आशा पनि गर्दिनँ।’

पछिल्लो समय पैसाका कारण गीत–संगीत बिग्रँदै गएको उनी बताउँछन्। ‘पैसा लिएर जस्तै गीतलाई पनि संगीतकारले संगीत भर्छ र जस्तैलाई पनि पैसाकै कारण गायक÷गीतकार बनाउँछन्’, थापाको गुनासो छ, ‘पैसा भयो भने कथालाई पनि गीत बनाउँछन् यहाँ।’ पहिलाका गीत–संगीतमा आफ्नो जीवन भेटिने उनी बताउँछन्। पहिलाका गीत–संगीतमा आफ्ना जीवन भोगाइ भए पनि पछिल्ला गीत–संगीत बुझ्नै मुस्किल भएको उनको अनुभव छ। अहिलेका युवापुस्ताले पुराना सर्जकहरू बिर्सेको उनी बताउँछन्। ‘अहिलेका युवापुस्ताका संगीतकर्मीहरूले पुराना सर्जकहरू बिर्सेका छन्, धेरैजसोले पुराना गीत सुन्दैनन्, सुनिहाले पनि ती गीतका सर्जक थाहा पाउँदैनन्’, थापा भन्छन्, ‘यो गलत हो, हामीले हाम्रो पुरानो गीत–संगीतलाई माया गर्नुपर्छ।’


 कुनै गीत चर्चित भयो भने गीतकारलाई कसैले पनि नसम्झने गरेको उनी बताउँछन्। गीतलाई चर्चित बनाउन मुख्य भूमिका गीतकारको हुन्छ, अनि मात्र संगीतकार र गायकको, तर कुनै गीत हिट भयो भने त्यसको श्रेय गायकले मात्र पाउने गरेकामा उनको चित्त दुखाइ छ। कुनै गीत चर्चित भयो भने गीतकारलाई कसैले पनि नसम्झने गरेको उनी बताउँछन्। गीतलाई चर्चित बनाउन मुख्य भूमिका गीतकारको हुन्छ, अनि मात्र संगीतकार र गायकको, तर कुनै गीत हिट भयो भने त्यसको श्रेय गायकले मात्र पाउने गरेकामा उनको चित्त दुखाइ छ। गायक/गायिकाहरूले पनि विभिन्न कार्यक्रममा गीत प्रस्तुत गर्दा गीतकारलाई बिर्सने गरेको उनी बताउँछन्। सबैभन्दा धेरै मिहिनेत गर्ने सर्जकलाई नै बिर्सने गरेको उनको बुझाइ छ। कुनै गीत लेखेर गीतकार कहिल्यै धनी नहुने उनी बताउँछन्।

‘गीत–संगीतबाट कहिले जीविकोपार्जन गर्न सकिँदैन’, थापा भन्छन्, ‘यो त शोख मात्र हो।’ गायक/गायिकाहरूले विदेशमा गाउन गएर करोडौँ कमाउने गरेका छन्। उनीहरू आफ्नै कारमा हिँड्छन् तर गीतकार जहिले पनि झुपडीमा बस्छ, यो हाम्रोमा यथार्थ हो। पछिल्लो समय रेडियोका कार्यक्रमहरूमा समेत गीतकारलाई बिर्सन थालिएको उनी दुखेसो गर्छन्। ‘पहिला त गीतकारको नामसम्म त लिन्थे रेडियोका कार्यक्रम प्रस्तोताले’, उनी भन्छन्, ‘तर पछिल्लो समय त कार्यक्रममा गायकको मात्र नाम लिइन्छ, हामी त ओझेलमा पर्‍यौँ।’ गीत–संगीतविना सारा संसार शून्य हुने उनी बताउँछन्। मानिसलाई मात्र होइन, पशुलाई समेत गीत–संगीत आवश्यक पर्ने उनको भनाइ छ। Read more at: http://thahakhabar.com/news/13323

Comments

Popular posts from this blog

“‘हावासँग बगूँ भन्छु’ सुखानी हत्याकाण्डले जन्माएको गीत हो”- शिवशंकर थापा

"भन्थी मेरी उनी’ र ‘विधवालाई सिन्दुर’ भन्ने गीत साह्रै मन पर्छ" - गीतकार सुरेन्द्र राना

छिन्नलता विशेष सम्मान