छिन्नलता विशेष सम्मान



काठमाडौँः 
 छिन्नलता गीत पुरस्कार गुठी परिवारले राजधानीमा आयोजना गरेको ३६ औँ श्रृड्खला कार्यक्रम ”छिन्नलता गीत पुरस्कार–२०७५” मा संगितका विविघ विधामा योगदान पुराउदै आएका सात स्राष्टाहरुलाई  प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान पत्र सहित पुरस्कार प्रदान गर्नु भएको छ । 


यस वर्षको पुरस्कारबाट गीत रचनामा ज्ञानेन्द्र गदाल सम्मानति हुनु भएको छ । त्यसैगरी सङ्गीत रचनामा वसन्त क्षेत्री र गायनमा सङ्गीता प्रधान राना पुरस्कृत हुनु भएको छ । 

त्यस्तै यस वर्ष विशेष सम्मानका रुपमा नेपाली फिल्मीको पहिलो महिला सङ्गीतकार शान्ति ठटाल र गीतकार शिवशंकर थापा सम्मानीत हुनु भएको छ । उहाहरुलाई जनहि ५० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । त्यस्तै युवा प्रतिभा पुरस्कारबाट ‘कुटुमा कुटु सुपारी दाना‘ बोलको गीतका गायक र गायिका राजनराज शिवाकोटी र मेलिना चाम्लिङ्ग राईललाई सयुक्त रुपमा ३५ हजार रुपैयाँ सहित सम्मान गरिएको छ ।  

कार्यक्रममा बोल्दै प्रधानमान्त्री केपी ओलीले आफूलाई गीत गाउन नआए पनि गित प्रेमी भएको बताउनु भयो ।

कार्यक्रममा हजुरआमा, छिन्नलताको कविता पढी पनाति आदी देब सिह दत्तले सुनाएका थिए ।  साथै “कुटुमा कुटु सुपारी दाना” गीत गाउदै राजनराज शिवाकोटी र मेलिना चाम्लिङ्ग राईलले मनोरन्जन दिएका थिए । 

कार्यक्रममा हास्य कलाकार जितु नेपालले आफ्नो प्रस्तुती मार्फत मनोरंजन प्रदान गर्नु भएको थियो । छिन्नलता गीत पुरस्कार–  स्व . श्रीमति रमोलादेवी शाह छिन्नलताको नामबाट हरेक बर्ष संगित क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तिहरुलाई प्रदान गरीदै  आइएको छ 

Comments

Popular posts from this blog

“‘हावासँग बगूँ भन्छु’ सुखानी हत्याकाण्डले जन्माएको गीत हो”- शिवशंकर थापा

"भन्थी मेरी उनी’ र ‘विधवालाई सिन्दुर’ भन्ने गीत साह्रै मन पर्छ" - गीतकार सुरेन्द्र राना